सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ वैशाख ५, ११:०४

बझाङ्गः बझाङ्गमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय बझाङ्गले दोहोरो नागरिकता कसुरमा मुद्दा खेपी फरार रहेका सुर्मा गाउँपालिका १ का अन्दाजी ३० वर्षीय हरिश भन्ने जहरी बोहरालाई पक्राउ गरेको हो।

जिल्ला अदालत बझाङ्गले उनलाई दोहोरो नागरिकता कसुरमा २०७१ जेठ २७ गते ११ महिना ३ दिन कैद र २० हजार जरिवाना सजाय सुनाएको थियो।  

प्रहरीले उनको खोजतलासी गर्दा निजकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

उनलाई कैद र जरिवाना भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल चौधरीले बताए।

कमेन्ट लोड गर्नुस