सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सर पीडित मडैको उपचार्थ १ लाख २८ हजार सहयोग

२०७८ वैशाख ५, ०८:३४ खबर संवाददाता

धनगढी:  डडेल्धुराको भागेश्वर गाउँपालिका २ का क्यान्सर पीडित नरेश मडैको उपचार्थ १ लाख २८ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

भागेश्वर गाउँपालिका रुपाल घर भएका तथा हाल बैदेशिक रोजगारीका लागि कोरियामा रहेका युवाहरुको सक्रियतामा सुदूरपश्चिम समाज दक्षिण कोरियाका पदाधिकारी तथा सहयोगीले सहयोग गरेका हुन्।

कोरियामा रहेका सहयोगीहरुले १ लाख २६ हजार ५५७ र धनगढी उपमहानगरपालिका ३ राजपुरका लालमणि पन्तल २ हजार गरि १ लाख २८ हजार ५५७ रुपैयाँ प्रदान गरिएको मानवसेवा आश्रमका सञ्चालक सिद्धराज पनेरुले बताए।   
 

कमेन्ट लोड गर्नुस