सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमण बढिरहेका बेला एन्टिभाइरल औषधि रेम्डिसिभिर सुदूरपश्चिममा शून्य

२०७८ वैशाख ५, ०७:१७ नारायण अवस्थी

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ तर प्रदेशमा एन्टिभाइरल औषधि रेम्डिसिभिरको मौज्दात भने नरहेको पाइएको छ।

कोरोनाको सिकिस्त विरामीलाई मृत्युबाट बचाउन रेम्डिसिभिर सहयोगी हुने भन्दै नेपालमा समेत कोभिसिल्ड खोप आउनुभन्दा अगाडि यो औषधि विरामीहरुमा प्रयोग गरिएको थियो। तर कोरोना विरुद्धको खोप नेपालमा आएपछि भने रेम्डिसिभिरको चर्चा हुन छोडेको छ।

तर पुनः कोरोना बढेसँगै स्वास्थ्य क्षेत्रका जानकारहरुले भने यो औषधिको उपलब्धता र मौज्दातको बारेमा चासो व्यक्त गरेका छन्। तर सुदूरपश्चिम प्रदेशमा भने रेम्डिसिभिरको एक मात्रा पनि नरहेको अधिकारीहरुले बताएका छन्।

गत असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयात तथा बिक्रि वितरणका लागि नेपनलका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रि–वितरणका लागि अनुमति दिएको थियो भने सरकार आफैले पनि सेनाको जहाजबाट सो औषधि ल्याएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि,काठमाडौं र हेट्रो ल्याब्स लिमिटेड भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रि वितरण गर्न सूचिकृत गरिएको थियो।

सरकारले त्यति बेला नै कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा सूचिकृत कम्पनीबाट औषधि खरिद गर्न सक्ने बताएको थियो।

कोभिशिल्ड खोप आउनुपूर्व  नेपालमा रेम्डिसिभिरको क्लिनिकल ट्रायल गरिएको थियो । 

सुदूरपश्चिममा भने रेम्डिसिभिर औषधिको मौज्दात नहुँदा कोरोना बढे उपचारमा समस्या हुने भएको हो । 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस