सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ महिनामा लक्ष्यको साढे ७ प्रतिशत राजश्व संकलन

२०७५ असोज २१, ०६:४५

संघीय सरकारले दिएको अधिकारलाई प्रयोग गर्दै सुदूरपश्चिम प्रदेशमा विभिन्न क्षेत्रबाट लक्ष्यको ७ दशमलव ५४ प्रतिशत राज्यस्व संकलन भएको छ। प्रदेश सरकारले दुई महिनामा ९ करोड ७७ लाख ६५ हजार ४ सय एक रुपैया राजश्व संकलन गरेको हो। प्रदेश सरकारले एक अर्ब २९ करोड ६५ लाख ८२ हजार प्रदेश सरकारले कर संकलन हुने अनुमान गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए।
घर जग्गा रजिश्टेशन शुल्क मार्फत प्रदेश सरकारले ३९ करोड ९३ लाख ९० हजार अनुमान गरेकोमा ५ करोड ४ लाख २५ हजार ७ सय १५ रुपैया संकलन भएको छ। सवारी साधन करमा ४० करोड ४१ लख ९२ हजार अनुमान गरेकोमा ४ करोड २५ लाख ६३ हजार ३ सय रुपैया संकलन भएको छ। अन्य करमा ६ करोड र मनोरञ्जन करमा ५ लाख संकलनको प्रदेश सरकारले अनुमान गरेको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए। विज्ञापन करमा १५ लाख, कृषि आय करमा ५ लाख, अन्य प्रशासनीक सेवा शुल्कमा ५ लाख र अन्य न्यायीक दण्ड जरिमानामा ३ करोड संकलन हुने अनुमान छ। अहिले सम्म ४७ लाख ७६ हजार ३ सय ८६ रुपैया संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमबाट १ अर्ब २९ करोड ६५ लाख ८२ हजार राजश्व संकलनको अनुमान गरेककोमा दुई महिनाको अवधिमा ९ करोड ७७ लाख ६५ हजार ४ सय १ रुपैया प्रदेशमा राजश्व संकलन भएको मन्त्री बोहराले बताए। 
संघीयता अनुसार प्रदेशमा संकलन भएको करको ४० प्रतिशत प्रदेश सरकारको हुने छ भने ६० प्रतिशत स्थानीय तहलाई हुने छ। सवारी करमा भने ४० प्रतिशत स्थानीय तहको हुने छ भने ६० प्रतिशत प्रदेश सरकारको हुने छ।
 

कमेन्ट लोड गर्नुस