सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुदुरपश्चिम आर्थिक मञ्च गठन

२०७८ वैशाख ४, ११:१३ खबर संवाददाता

धनगढीः धनगढीमा सुदुरपश्चिम आर्थिक मञ्च गठन गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा रहेका अर्थशास्त्र विषय अध्ययन गरी विभिन्न पेसा व्यवसायमा आवद्ध अर्थशास्त्रीहरू बीच देशको आर्थिक सरोकारका विषयमा छलफल, अन्तर्क्रिया र अनुसन्धानलगायतका कार्यमा क्रियासिल रहने उद्देश्यले वरिस्ठ अर्थशास्त्री शिवहरी मुडभरीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो।

ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा गठित समितिका अध्यक्षमा डा. राजेन्द्रवीर चन्द, उपाध्यक्ष डा. दिपक राज जोशी, सचिवमा खेमराज पन्त, सह-सचिवमा गोबिन्द उपाध्याय र कोषाध्यक्ष एम. बहादुर शाह रहेका छन्।

त्यस्तै सदस्यहरूमा डा. दमन चलाउने, गगनराज घिमिरे, दामोदर चौधरी, जनकराज जोशी, त्रिचन्द्र भण्डारी, चन्द्रा आचार्य रहेका छन्। 

सल्लाहकारहरूमा शिवहरी मुडभरी, धर्मदेव भट्ट र गिरीराज कडायत रहेका छन्।
 

कमेन्ट लोड गर्नुस