सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

। फोटो स्रोत ।
२०७८ वैशाख ४, ०८:२४ खबर संवाददाता

धनगढी: दुर्घटना बढ्न थालेपछि दार्चुला तिंकर सडकमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

दार्चुला तिंकर सडकखण्ड अन्तर्गत राताकाठा भीरमा दुर्घटना हुने क्रम बढ्न थालेपछि बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। प्रहरीका अनुसार राताकाठा क्षेत्रमा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै यातायात व्यवसायीसहितको सरोकारवालाको बैठकले सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

उक्त सडकखण्डमा निकै उकालो र खाल्डाखुल्डी रहेको हुँदा सडक सुधारको माग पटक पटक गरिए पनि कसैले चाँसो नदेखाएको बताइएको छ। सो सडकमा बेलाबेलामा दुर्घटना हुँदै आएको छ। गत चैत्र २८ गते मात्रै पनि राताकाठा भीरमा से १ ज ९११ नम्बरको जीप दुर्घटना भएको थियो।

बेलुकी ६ बजेपछिको समयमा नै बढीजसो दुर्घटनाहरु हुने गरेका छन्। २८ गतेको दुर्घटना पनि बेलुकी सवा सात बजे तिरको समयमा भएको थियो। दार्चुला तिंकर सडकखण्डको झण्डै ४० किलोमिटरसम्म सवारी साधन चल्ने गरेका बताइएको छ।


 

कमेन्ट लोड गर्नुस