सुदूर नेपाललाई विश्वसँग जोड्दै

असिनाले तरकारी बालीमा क्षति

२०७८ वैशाख ४, ०५:५९ रासस

फुङ्लिङ: ताप्लेजुङमा शुक्रबार बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ। असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ।

असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौँ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पुर्‍याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले बताइन्। 

बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पुर्‍याएको हो।

कमेन्ट लोड गर्नुस