सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै १८ लाख मूल्य बराबरको अबैध सामान बरामद

२०७८ वैशाख ३, ०८:०८ Dineshkhabar Desk

कञ्चनपुरः कञ्चनपुरमा झण्डै १८ लाख मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको  भिमदत्त नगरपालिका ४ गल्ली नम्बर १ स्थित भन्सार छली पैठारी गरी ल्याएको सानो ठुलो  घण्टी,डोर स्पीरिङ ,कमल बिडी र सु.प.प्र.०२००३ ६५३१ नम्बरको मोटर साइकल  गरि  २ लाख बासठ्ठी हजार २ सय  बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यसै गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरी टोलीले  जिल्लाको कंञ्चनपुर शुक्लाफाँटा नगरपालीका वडा नम्बर १० झलारी स्थित आवश्यक कागज पत्र लगायत भन्सार समेत नभएको लागु औषधि सहित भारतिय नम्बर प्लेटको १५लाख बराबरको होण्डाई कार गरि कुल जम्मा सत्र लाख बासठ्ठी हजार दुई सय  बराबरको सामान र गाडी बरामद गरिएको सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारि दिए।

बरामद गरीएको सामान आवश्यक कारवाहीका लागि गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जनाइएको छ। 
 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस