बाजुरामा अटो दुर्घटना हुँदा ३ जना घाइते
बाजुरा: बाजुरामा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
जिल्ला सदरमुकाम मार्तडीबाट राप्क गइरहेको अटो सदरमुकाम मार्तडीको सुवाकाधमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। ती मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
लु२च ०२४७ नम्बरको अटो दुर्घटना हुँदा बढीमालिका ७ जिल्ली बस्ने ३८ वर्षीय मानबहादुर धामी गम्भीर घाइते भएका हुन। त्यस्तै १८ वर्षीया बिमला कार्की र ११ वर्षीय बिक्रम कार्की सामान्य घाइते भएका छन्।
गम्भीर घाइते मानबहादुरको टाउको र खुुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।
अटोमा चालकसहित चार जना सवार रहेका थिए। अटो चालक खेमराज पाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।