सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढिगंगामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

२०७८ वैशाख ३, ०९:०९ खबर संवाददाता

धनगढी: बाजुराको बुढिगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ। 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ बिहीबारबाट दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगितामा नगरपालिकाका सात ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। प्रतियोगिता भानुदय उच्च माध्यमिक विद्यालयमा भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस