सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी एफसीको आइकोनिक खेलाडीमा किरण र प्रशिक्षकमा युगल किशोर अनुबन्ध

२०७८ वैशाख २, ०३:५७ खबर संवाददाता

धनगढी : नेपाल प्रिमियर लिग फुटबलका लागि धनगढी एफसीले आइकोनिक खेलाडीका रूपमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बुलाई अनुबन्ध गरेको छ। यस्तै युगल किशोर राईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। 
३७ वर्षे राई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले यसअघि झापा ११, सी डिभिजन मा झापा फुटबल क्लब र बी डिभिजन लिगमा बासबारी क्लबलाई प्रशिक्षण दिएका थिए।

यस्तै पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलिरहेका किरण पहिलो संस्करणको एनएसएल धनगढीबाट खेल्ने पक्का भएको हो। उनी गत सिजन आईलिगकै उत्कृष्ट खेलाडी घोषित बनेका थिए।

कमेन्ट लोड गर्नुस