सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाभाइरसको नयाँ भेरिएन्टबाट कसरी बच्न सकिएला? टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनका पाँच सुझाव यी हुन्

। फोटो स्रोत ।
२०७८ वैशाख २, ११:२६ नारायण अवस्थी

धनगढी: मुलुकभर बालबालिकामा कोरोनाको नयाँ प्रकारको संक्रमण तीव्र भइरहेको बेला विज्ञहरुले नयाँ प्रकारको कोरोना सबै उमेर समूहका लागि घातक हुन सक्ने भन्दै चेतावनी दिएका छन्।

बिहीबार विहान दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै शुक्रराज सरुवारोग अस्पतालका भाइरोलोजिष्ट डक्टर शेरबहादुर पुनले कोरोनाबाट बच्न विभिन्न सुझाव दिएका छन्।

स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने

नेपालमा नयाँ प्रकारको ‘यूके भेरिएन्ट’ का विरामी बढेको तर स्वास्थ्य सुरक्षाका मापदण्डको पालना हुन छोडेकोमा भने डक्टर पुनले चिन्ता व्यक्त गरेका छन्। खोप लगाएका र नलगाएका सबैले अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएका छन्।

भिडभाडमा नै कोरोना सर्ने जोखिम भएकोले भिडभाड, भेला, जमघट नगर्न सुझाव दिएका छन् भने मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्नुपर्ने बताएका छन्।

भारतबाट आउनेमा अनिवार्य नाकामा परिक्षण गर्ने

डक्टर पुनले सीमानाकाबाट आउने सबैलाई एन्टिजेन परिक्षण गर्नु पर्ने बताएका छन्। यसरी सबैको परिक्षण गर्दा पोजेटिभ देखिनेलाई अलग्गै राख्ने र सँगै आउने अरुहरुलाई पनि कम्तिमा १० दिन आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन सके संक्रमणको जोखिम निकै कम हुने बताएका छन्।


खोप लगाएँ भनेर मापदण्ड उल्लंघन नगर्ने

डक्टर पुनले कोभिड १९ संक्रमण हुन नदिन खोप लगाएको व्यक्तिले समेत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने बताएका छन्।

“अहिलेसम्मको अवस्था हेर्दा कोभिड हामीभन्दा एक कदम अगाडि देखिएको छ। कोरोना भाइरसमा छिटो– छिटो उत्परिवर्तन देखिएको छ जुन कुराले गर्दा कोरोनाको उपचार र खोपको प्रभाव र विकासमा समेत असर पार्ने देखिएको छ।” डक्टर पुनले बताएका छन्।

नयाँ भेरिएन्टको बालबालिकामा बढी जोखिम

“कोरोनाको पुरानो प्रकारले बुढाबुढीलाई बढी असर पार्ने देखिएको थियो तर नयाँ प्रकारको भाइरसको भने सबै उमेर समुहमा संक्रमण हुने देखिएको छ। नयाँ भाइरसका लक्षण कडा देखिएका छन्।” डक्टर पुनले भने।

बालबालिका र कलेज पढ्ने किशोर किशोरी स्वभावैले चञ्चल हुने भएकोले स्वास्थ्य मापदण्डको उल्लंघन गर्ने गर्छन तसर्थ त्यो समुहलाई सक्रमणको माध्यम बन्न नदिन स्कूल कलेजले सावधानी अपनाउनु पर्छ। 

कोरोना संक्रमणको श्रृखला तोड्ने 

कोरोना मानिसबाट मानिसमा सर्ने भएकाले भौतिक दूरी कायम गर्नु सबैभन्दा उत्तम विकल्प रहेको डक्टर पुनले बताउका छन्। कोरोना भाइरसको संक्रमणको श्रृखला तोड्न सके यो थप मानिसमा सर्न पाउँदैन।

अनावश्यक डुल्ने, भेला र जमघटमा नजाने गर्नाले कोरोनाको चक्र भत्किन पुग्छ तसर्थ व्यक्तिका बानीहरुमा परिवर्तन  ल्याउन समेत डक्टर पुनले सुझाव दिएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस