सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा इटा उद्योग सञ्चालन

२०७८ वैशाख २, ०७:३१ खबर संवाददाता

धनगढी: अछाममा इटा उद्योग सञ्चालनमा आएको छ। जिल्लाको साँफेबगर नगरपालिकामा एमबीए ईन्टरलक इटा उद्योग सञ्चालनमा आएको हो।

नयाँ वर्षको अवसरमा बुधबार नगरपालिकाको वडा नम्बर ४ छिपेखोला नजिकै रहेको सो उद्योगको उद्घाटन गरिएको बताइएको छ।

मीन बाब्ली, भीम बडाहित र एकेन्द्र कुँवरले संयुक्त रुपमा सञ्चालनमा ल्याएको इटा उद्योगले अछामवासीलाई घर तथा भवन निर्माणमा सहज हुने विश्वास व्यक्त गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस