सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व बक्सिङ च्याम्पियनसिप:सुमिना पराजित

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख १, ०८:३७ रासस


काठमाडौँ: पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पराजित भएकी छन्। 

पोल्यान्डको किल्सीमा आज भएको खेलमा महिला ५४ किलो तौल समूहतर्फ नेपाली खेलाडी खड्का बेलारुसकी विनाराभा आर्नासित अङ्कका आधारमा पराजित भएका हुन्।

खड्काले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए।

उक्त प्रतियोगितामा नेपालबाट खड्का र सुष्मा तामाङ सहभागी भएकी थिइन्। 

महिला ४८ किलो तौल समूहमा तामाङ वाइ पाएर दोस्रो चरणमा प्रवेश गर्नुभएको छ।

अब उहाँले लिथुआनियाकी खेलाडीसित प्रतिस्पर्धा गर्ने जनाइएको छ।

गत वर्ष चैत पहिलो साता ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट खेलमा खड्काले डेचेन शेर्पालाई तथा तामाङले रमिसा श्रेष्ठलाई पराजित गरेकी थिइन्।

पोल्याण्डमा जारी प्रतियोगितामा ५२ मुलुकका २७४ पुरुष तथा १४० महिला खेलाडीको सहभागिता रहेको छ।

विश्व बक्सिङ च्याम्पियनसिप यही वैशाख १० गतेसम्म चल्ने छ। 
 

कमेन्ट लोड गर्नुस