सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख रेग्मी राष्ट्रपतिबाट विभूषित

२०७८ वैशाख १, ०४:२३ खबर संवाददाता

धनगढी: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई बुधबार विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी थिइन। 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत चैत २७ गते वितरण गर्न बाँकी रहेकाहलाई आज प्रदान गरिएको हो।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ। 

विभूषि हुनेमा बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मी पनि छिन्। उनलाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको हो। 

पदक पाएपछि उनले उक्त मानपदक नगरवासीमा सर्मपित गरेको बताएकी छिन्। ‘यस यात्रासम्म आइपुग्न अहम् भूमिका खेल्ने मेरो परिवार, पार्टीका अभिभावक, गुरुवर्ग तथा मित्रहरू प्रति हार्दिक आभारी छु’ उनले आफ्नो फेसबुकमा लेखेकी छिन्। 

सृष्टि पोखरा युनिभर्सिटी सेन्टर कलेजबाट ब्याचलर इन इन्जिनियरिङ सकेर गाउँ फर्किएकी थिइन। ३ महिना जिल्ला प्राविधिक कार्यालय बाजुरामामा करारमा जागिर खाएकी सृष्टिले त्यसलाई पनि त्यतिकै छोडिन र ‘समाज विकास र बुवाको सपना’ पूरा गर्ने भन्दै खुला राजनीतिमा आइन्।

नगरपालिकाको उपमेयरमा चुनाव लडिन्। बुढीनन्दामा एमालेबाट मेयरका उम्मेदवारले पराजय भोगेपनि सृष्टिले कांग्रेस उम्मेदवारलाई हराएर बाजी मारेकी थिइन। 
 

कमेन्ट लोड गर्नुस