सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषु मनाउन दार्चुलामा झण्डै साढे तीन हजार नेपाली भारतबाट फर्किए

२०७८ वैशाख १, ०१:१३ खबर संवाददाता

धनगढी: नेपालीहरुको नयाँ वर्ष अर्थात् विषु पर्व मनाउन दार्चुलामा झण्डै साढे तीन हजार नेपाली भारतबाट फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक अनुसार विषु वर्ष मनाउन भारतबाट तीन हजार तीन सय २४ जना नेपाली घर फर्किएका छन्। जस अनुसार चैत १० गतेदेखि चैत मसान्तसम्ममा तिगरम नाकाबाट सात सय पाँच, सदरमुकाम खलङ्गा नाकाबाट एक हजार तीन सय १८, दत्तु नाकाबाट ६८३ जना भित्रिएका छन्।

त्यसैगरी मालिकार्जुनको जौलजीवि नाकाबाट दुई सय १४ र लाली नाकाबाट पाँच सय ११ जना भित्रिएका छन्। दार्चुलाको सबैभन्दा ठूलो विषु मार्मा गाउँपालिका -१ स्थित घोल्जरमा लाग्ने गरेको बताइएको छ। 
 
 

कमेन्ट लोड गर्नुस