बाजुरामा वैशाख ७ गतेदेखी कोरोनाविरुद्धको दोश्रो चरणको खोप लगाईने
२०७८ वैशाख १, १२:२२
धनगढी: बाजुरामा वैशाख ७ गतेदेखी ११ गतेसम्म कोरोना भाइरसविरुद्धको दोश्रो चरणको खोप लगाईने भएको छ।
जिल्लामा गत माघ १५ गतेदेखि फागुन ९ गतेसम्म पहिलो चरणको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी स्थानीय जनप्रतिनिधी, पत्रकार लगायतलाई दोश्रो चरणको खोप लगाईने भएको हो।
दोश्रो चरणको खोप जिल्लाका सम्पूर्ण स्थानीय तहका मुकामहरुमा लगाईने र खोप लाउन आउँदा पहिलो चरणमा लगाएको खोप कार्ड अनिवार्य रुपमा ल्याएर आउनुपर्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस