सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङी भाषाका सर्जक 'पहाडी' को निधन

२०७८ वैशाख १, ११:४५ खबर संवाददाता

धनगढी: बझाङी भाषाका सर्जक मान बहादुर सिंह 'पहाडी' को निधन भएको छ। 

बझाङको दुर्गाथली गाउँपालिका ७ तल्यानका 'पहाडी' को काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। सुदूरपश्चिमका प्रसिद्ध लोक साहित्यकार, बझाङी भाषाका सर्जक तथा अन्य विविध खाले लोकसँस्कृतिका संकलक समेत रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो।    

त्यसबारे उनका आफन्तले तीन घण्टा अगाडी मात्रै सामाजिक सञ्जाल फेसबुक मार्फत समवेदना व्यक्त गर्दै लेखेका छन्, “दुःखद घडीमा स्वर्गीय लोककविप्रति भावपूर्ण श्रद्धाञ्जली! बैकुण्ठ बास होस् तथा शोकसन्तप्त परिवारजनमा र भाइ दिपेन्द्रलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।”
 

कमेन्ट लोड गर्नुस