सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका सडक छेउभरी निर्माण सामग्रीको थुप्रो

२०७७ चैत्र ३०, ०४:२६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराका विभिन्न राजमार्ग छेउछाउमा व्यवसायीक रुपमा लामो समयसम्म निर्माण सामग्री राख्ने क्रम बढेको छ। साघुँरा राजमार्ग छेउमै निर्माण सामग्री राखिँदा दुर्घटनाको जोखिम बढेको छ।

जिल्लाको महाकाली राजमार्ग, भिमदत्त राजमार्ग र केआई सिंह राजमार्गका छेउछाउमा ढुंगा, गिट्टी, बालुवा व्यवसायीक प्रयोजनका लागि राखिएका छन्। त्यसले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिन थालेको छ। 

निर्माण व्यवसायीहरुले भीमदत्त राजमार्गको भातकाँडादेखी स्याउले बजार, केआई सिंह राजमार्गको स्याउले बजार देखि रडुवासम्म र महाकाली राजमार्गको पोखरा बजारदेखि माथि सडक छेउछाउमा लामो समयसम्म निर्माण सामग्री राख्ने गरेका छन्।

पहाडी सडक आफैमा साँघुरा रहेका छन्। त्यसमाथि यसरी निर्माण सामग्री राखिँदा यातायातका सवारी साधन सञ्चालनमा समस्या हुने गरेको चालकहरु बताउँछन्। 

सडक छेउछाउमा निर्माण सामग्री राख्न नपाइने भएपनि अटेरी गरेर राख्ने गरेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस