सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध निरीक्षण गर्ने टोली दार्चुलामा

२०७७ चैत्र ३०, १२:५८ खबर संवाददाता

दार्चुला: महाकाली नदीमा भारतले निर्माणाधिन तटबन्ध निरीक्षण गर्ने नेपाली टोली दार्चुला पुगेको छ।

भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको विषयमा संसदमा आवाज उठेपछि टोली दार्चुला पुगेको हो।  

निर्माण गरेको तटबन्धको निरीक्षण गर्न ५ सदस्यीय नेपाली प्राविधिकको टोली आइतबार दार्चुला पुगेको हो। टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन्। 

सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भएपनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ। उक्त विषयमा स्थलगत निरीक्षणको लागि नेपाल र भारतबाट ५–५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो। 

यस्तै भारतीय पक्षबाट पनि ५ सदस्यीय टोली बनाइएको छ। टोलीले सोमबार तटबन्धको स्थलगत निरीक्षण गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। 

कमेन्ट लोड गर्नुस