सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको धार्मिकस्थल शिखर धुरामा आगलागी

२०७७ चैत्र ३०, ०७:४६ खबर संवाददाता

धनगढी: दार्चुलाको धार्मिकस्थल शैल्यशिखर मालिकार्जुन धुरामा आगलागी भएको छ। 

राष्ट्रकै सातौं धाम मालिकार्जुन देवताको मुख्य बासस्थान मानिने शिखर धुरामा आगलागी भएको हो। शिखर धुरामा ग्वानी क्षेत्रबाट आगलागी भएको र आगलागीबाट मन्दिर क्षेत्रमा क्षति पुगेको बताइएको छ। 

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शिखर धुरामा भक्तजनहरुले चढाएका ध्वजा, मुर्ती, घण्टी, नगद भेटीलगायतका सामग्री जलेका बताइएको छ। 

शैल्यशिखर ५ का १५ जना युवाहरुले आगो नियन्त्रणको प्रयास गरेपनि शिखर धुराको गुठी बचाउन नसकिएको बताएका छन्। शिखर धुरामा मनले चिताएको पुग्ने धार्मिक मान्यता छ।  

कमेन्ट लोड गर्नुस