सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको व्यासमा सशस्त्र प्रहरीको भवन निर्माण गरिँदै

२०७७ चैत्र २९, ०२:४५ खबर संवाददाता

धनगढी: दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको भवन निर्माण गर्न लागिएको छ। 

व्याँसको छाङरुमा गत मंसिरबाट रोकिएको भवन निर्माणको काम पुन सुरु गरिएको हो। माईनस १८ डिग्रीसम्म चिसोमा बस्न मिल्ने आधुनिक सुविधासम्पन्न भवन बनाउन लागिएको बताइएको छ।

गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले उक्त भवनको शिलान्यास गरेको थियो। एक वर्षभित्रै सक्ने गरी १० करोडको लागतमा ४० कोठे भवन निर्माण गरिन लागिएको बताइएको छ।

छाङरुमा निर्माण भइरहेको उक्त भवनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई बाह्रैमास बस्न मिल्ने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस