सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लालपुरमा प्रथम जनक स्मृती खुला भलिबल प्रतियोगिता सुरु

२०७७ चैत्र २८, ०३:११ खबर संवाददाता

कैलाली:  कैलालीको गोदावरी नगरपालिका–७ लालपुरमा भलिबल प्रतियोगिता सुरु भएको छ। स्वर्गीय जनक ओझाको सम्झनामा प्रथम जनक स्मृती खुला भलिबल प्रतियोगिता २०७७ सुरु भएको हो। 

२०७३ साल चैत ५ गते कैलालीकै बुढीतोलामा सडक दुर्घटनामा परी ओझाको मृत्यु भएको थियो। २३ वर्षका उनी अत्तरियामा रहेको पदमा अस्पताल प्रालिमा कार्यरत थिए। उनकै सम्झनामा पहिलोपटक आफ्नै गाउँमा भलिबलको आयोजना गरिएको हो। 

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मृतक ओझाकै परिवार रहेको छ भने लालपुरमै रहेको दिपशिखा डान्स क्लबले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा गोदावरी नगरभित्र रहेका ८ ओटा टिमको सहभागिता रहेको आयोजक दिपशिखा डान्स क्लबका संचालक दिर्घ साउँदले बताए।

प्रतियोगिताको प्रथम पुरस्कार १६ हजार बराबरको बोका र प्रमाणपत्र रहेको तथा द्धितिय पुरस्कार नगद ५ हजार तथा प्रमाणपत्र रहेको उनले बताए।

कमेन्ट लोड गर्नुस