सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भारतबाट फर्किएका एक जनामा कोरोना पुस्टि

२०७७ चैत्र २८, ०१:५४ खबर संवाददाता

धनगढी: दार्चुलामा भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुषमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको हो। उनी भारतको उत्तर प्रदेश नोयडाबाट आएका हुन्।

उनलाई जिल्ला अस्पतालको आइसोलेशन राखिएको बताइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले भारतबाट फर्किने नेपालीको पूल घाटमा एन्टिजेन परीक्षण गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस