सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा साना किसान कृषि सहकारीद्वारा स्वास्थ्य सामग्री वितरण

२०७७ चैत्र २८, ०१:२१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा साना किसान कृषि सहकारी सस्था लिमिटेडले स्वास्थ्य सामग्री वितरण गरेको छ।

शुक्रबार जिल्लाको बेलडाँडी गाउँपालिकास्थित  रौतेली स्वास्थ्य चौकीमा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले स्वास्थ्य सामग्री वितरण गरेको हो। साना किसान विकास बैंक लिमिटेड अत्तरिया कैलाली र बेलडाँडी गाउँपालिका कार्यालय कञ्चनपुरको सहयोगमा शुक्रबार एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री वितरण गरिएको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कमला रेग्मी जोशीले बताए।

स्वास्थ्य सामग्री अभावका बेला सहकारी संस्थाले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुले स्वास्थ्य संस्थालाई राहत पुग्ने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस