सुदूर नेपाललाई विश्वसँग जोड्दै

इसेवा र अटोरिक्सा संघबीच सम्झौता

२०७७ चैत्र २७, ०९:१८ खबर संवाददाता

धनगढीः भुक्तानी सेवा प्रदायक इसेवा र विद्युतीय तथा पेट्रोल अटोरिक्सा संघ बीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ। 

सम्झौता अनुसार धनगढी उप-महानगरपालिका भित्र रहेका संघ  अन्तर्गतका सदस्य अटोरिक्साहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन्। भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् डिजिटल कारोबार प्रबर्द्धनमा सघाउने छ।

इसेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको दाबी गरिएको छ। मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।
 

कमेन्ट लोड गर्नुस