सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको निर्देशन बजेट अभावले पुरा नहुने निश्चित

२०७५ असोज १८, ११:४१

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राजघाट मोहना नदीमा निर्माणाधिन पुल आगामी जेठ महिनाभित्रै सक्न निर्माण सम्बद्ध कम्पनीलाई कडा निर्देशन दिएपनि सो समयमा पुल निर्माण नहुने निश्चित भएको छ । 
धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित राजघाट मोहना नदीमा निर्माणाधिन रैकवार बिचवा जोड्ने पुलको अनुगमन गर्दै निर्देशन दिनुभएका मुख्यमन्त्री भट्टको निर्देशन बजेट अभावले पुरा नहुने भएको छ । निर्माण सुरु भएको साढे चार महिनामा पनि अधुरै रहेको पुल निर्माणका लागि चालु आर्थिक वर्षमा १७८ लाख मात्रै वजेट विनियोजन भएको तर काम चार करोडभन्दा वढी रकममा मात्रै सम्पन्न हुने भएकोले निर्देशन दिएको समयमा पुरा नहुने पक्का भएको हो । आवश्यक निर्माण सामाग्रीहरुको व्यवस्थापन गरेको भएपनि वजेट अभाव भएमा काम पुरा गर्न नसकिने निर्माण व्यवसायी चन्द्रशेखर मल्लले जानकारी दिए । 
अडियो सुन्नुहोस्......

०७१ असार ३१ गते सम्झौता भएर ३ बर्षमा सक्ने गरी करिब १० करोडको लागतमा सो पुलको निर्माण सुरु गरिएको थियो । पटक पटक म्याद थप गरिए पनि हालसम्म पुल वनेको छैन् । अहिले पनि पुल निर्माणको काम सुरु भएको छैन भने चाडपर्व आएका कारण अझै पुल निर्माणको काम सुरु हुने छैन् । केही महिनापछि मात्रै निर्माण सुरु हुने कामका लागि एक वर्षको म्याद थप गर्नका लागि निवेदन दिईएको छ । पुल निर्माणमा अव कुनै समस्या नभएपनि रकम अभावले जेठमा नसकिने तर जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नका लागि लागिरहेको निर्माण व्यवसायी मल्लको दावी छ । 
अडियो सुन्नुहोस्......

कमेन्ट लोड गर्नुस