सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैतडीको पाटन र डोटीको दिपायल विमानस्थलमा निर्माणको काम अलपत्र

असारमै निर्माण अवधि थपिदा पनि म्याद थप्नमै अलमल 

२०७५ असोज १८, ११:३६ सीताराम ओझा

वैतडीको पाटन र डोटीको दिपाल विमानस्थलमा वाँकी रहेको निर्माण कार्य अलपत्र परेको छ । लक्ष्य अनुसार काम नहुँदा कालोपत्रेको काम सुरु नभएर दुवै विमानस्थलको निर्माणको काम अलपत्र परेको हो। सँगै निर्माण थालिएको अछामको साफें विमानस्थलमा त जेठमै निर्माण सम्पन्न हुँदा समेत पाटन र दिपायलको काममा ढिलाई हुँदै अहिले आएर निर्माणको काम नै अलपत्र परेको हो। पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन् भने दिपायल विमानस्थलमा ६ महिनाको म्याद थपिसक्दा समेत फेरि समय थपको माग भएकोमा म्याद थपिएको छैन् । 

सुदुरपश्चिम प्रदेशको दोस्रो ठूलो बैतडी स्थित पाटन विमानस्थल कालोपत्रेको काम निर्धारित समयमा नसकिएपछि अहिले निर्माणको काम अलपत्र भएको छ । गत असारमा सक्ने लक्ष्य सहित निर्माण कार्य शुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य नसकिएपछि म्याद थपका लागि निवेदन दिईएको छ । झण्डै ११ करोडका लागतमा भईरहेको निर्माण नसकिदा र म्यादन पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नवढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाटन विमानस्थल हेरिरहेका ईन्जिनियर नल विक्रम थापाले वताए । 

पाटन विमानस्थलमा रनवे कालोपत्र लगायतका कामहरु गर्न वाँकी छ । म्याद थप गरेर पनि पुस मसान्तसम्मको समय दिन सकिनेछ । तर तीन महिनासम्म काम नै भएको छैन । असारमा सकिएको म्याद थप पनि सोही वेलादेखि मान्य हुनेमा अवको वाँकी रहेको समयम निर्माण सम्पन्नमा पनि आशंका रहेको छ । तर पाटन विमानस्थल हेर्ने जिम्मा पाएका ईन्जिनियर थापा निर्माण कम्पनीले चाहेमा भने पुससम्ममा निर्माण पुरा हुने दावी गर्छन् । 

उता तोकिएको समयमा अधुरै रहेको डोटीको दिपायल विमानस्थलको निर्माणको काम पनि अधुरै अवस्थामा अलपत्र परेको छ । साढे ५ करोड लागतमा विमानस्थलको कालोपत्रे लगायतका कामहरु गर्न वाँकी रहेको अवस्थाा केही महिनादेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण कार्य हेरिरहेका ईन्जिनियर बालकृष्ण रेग्मीले बताए । 

गत असारसम्म ६ महिना थप गरेर पनि दिपायल विमानस्थलको कार्य पुरा हुन नसकेपछि अहिले निर्माण कम्पनीले फेरि म्याद थपका लागि निवेदन दिएको छ । तर नेपाल नागरिक उडड्यन प्राधिकरणले म्याद थपको स्वीकृति दिएको छैन् । काम सुरु गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको विमानस्थल निर्माण कार्य हेरिरहनुभएका ईन्जिनियर बालकृष्ण रेग्मीले वताए । 
अडियो सुन्नुहोस्.....

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस