सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

२०७७ चैत्र २५, ०८:३१ खबर संवाददाता

बझाङ्गः बझाङ्गमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने युवकविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङ्गमा मुद्दा दर्ता गरिएको छ। 

केदारस्यु गाउँपालिका २ का १८ वर्षीय युवक सुशील ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। 

किशोरीलाई विवाहको प्रलोभन देखाएर मामाको घरमा लगेर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बझाङ्गले भने जबरजस्ती गर्न खोज्ने युवक फरार रहेको बताउँदै उनको खोजी र घट्ना अनुसन्धान कार्य जारी रहेको जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस