सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुर मेयर कपको फाइनलमा सुदूरपश्चिम प्रदेश

२०७७ चैत्र २५, ०२:४१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमको यो दोश्रो जित हो। 

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनायो भने सुदूरपश्चिमले १२ ओभर तीन बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।  

प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने बताइएको छ। प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५–१५ हजार पाउने छन्। हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने जनाइएको छ।


 

कमेन्ट लोड गर्नुस