सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कर्मचारीहरुको नियमित स्वास्थ्य परीक्षण गरिने

२०७७ चैत्र २५, १२:०३ खबर संवाददाता

धनगढी: बैतडीमा सरकारी कार्यालयका कर्मचारीहरुको नियमित स्वास्थ्य परीक्षण गरिने भएको छ।

जिल्लाभरिका सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुको अब नियमित रुपमा स्वास्थ्य परीक्षण गरिने भएको हो। “म हिँड्छु मेरो प्रदेश हिँड्छ” नामक कार्यक्रम अन्तरगत कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको छ।

कर्मचारीहरुको स्वास्थ्य परीक्षणसंगै नसर्ने रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबारे परामर्श तथा सुझाव दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस