सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल डोटीको नयाँ बन्ने भवनको शिलान्यास

२०७७ चैत्र २३, ०३:२० खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला अस्पताल डोटीको नयाँ बन्ने अस्पताल भवनको शिलान्यास गरिएको छ। जिल्ला सदरमुकाम सिलगढीमा बन्न लागेको अस्पताल भवनको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन। 

शिलान्यास गर्दै उनले जिल्ला अस्पताल डोटीले दिएको प्रतिवेदनका आधारमा सुरु गरिएको सो काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। 

१० करोड २७ लाख २५ हजार ९ सयको लागतमा केएस कन्ट्रक्सनसँग २०७७ साल फागुन ४ गते सम्झौता भई भवनको निर्माण कार्य सुरु भएको छ। 

बिरामीका लागि अस्पतालका भवन मात्रै भएर नपुग्ने बताउदै थप चिकित्सकको समेत आवश्यकता रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस