शुपथ मुल्य पसलमा समेत चिनी बिक्री वितरणमा रोक
सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई सहुलियत मुल्यमा चिनी बिक्रि वितरणमा रोक लएको छ। बजारको मुल्य र साल्ट ट्रेडिङ कर्पोरेशनले बिक्री वितरण गर्ने चिनीको मुल्यमा धेरै भिन्नता भएपछि सरकारले चिनी बिक्रि वितरणमा रोक लगाएको बुझिएको छ। गत असोज १२ गतेदेखि सञ्चालन गरिएका सुदुरपश्चिम प्रदेशका ७ स्थाना सहुलियत मुल्यका पसल साल्ट ट्रेडिङ कर्पोरेशनलाई दुई दिनमा नै चिनी बिक्री वितरण गर्न सरकारले रोक लगाएको हो।
चिनी बिक्री गर्ने होलसेल पसलहरु, खुद्रा व्यापारी, आयातकर्ताहरुले आ–आफैले चिनीको मूल्य राखेर विक्री वितरण गरीरहेका छन । सुदूरपश्चिम प्रदेशको ठाँउ पिच्छे फरक मुल्यको चिनी बिmत्री भैरहेको छ। सुदूरपश्चिम प्रदेशमा दुई ठुला चिनी उद्योग सञ्चालनमा छन । दुई उद्योगको चिनी व्यापारीलाई बिक्रिको समेत एकरुपता छैन । उद्योग देखी व्यापारीहरुबाट उपभोक्ता महँगीको सिकार भैरहेका छन । धनगढीका उपभोक्ता हरिदत्त जोशीले दशै तिहारमा बढी चिनी चाहिने भएकाले खर्च समेत बढी हुने बताए। सहुलियत पलसमा ७० रुपैयामा चिनी खरिद गर्न पाउदा दशै तिहारमा कर्म खर्चले समेत पुग्ने उनले बताए।
धनगढी क्षेत्रका पसलहरुमा समेत फरक फरक मुल्य छ । धनगढी क्षेत्रमा ८० रुपैयाँ देखी ९० रुपैयाँ सम्म उपभोक्ताले चिनीको मुल्य तिर्नु परेको छ। उपभोक्ताहरुलाई ७० रुपैयाँ प्रति किलोग्राममा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी बिक्रि गर्ने भएको थियो । तर सरकारले यस्मा रोक लगाएको छ । सरकारले भारतीय चिनीमा समेत रोक लगाएको छ । किराना व्यवसाय धनगढीका अध्यक्ष लक्ष्मी पन्तले कञ्चनवुरबाट चिनी आयत भैरहेको बताए। उनले कञ्चनपुरमा दुई ओटा चिनी उत्पादन गर्ने कम्पनीहरु रहेकोमा उद्योगले व्यापारी पिच्छे फरक फरक मुल्य लिने गरेका बताए। सरकारले मसेत भारतबाट आयात हुने चिनीमा पुर्ण रुपमा बन्देज लगाउनु र नेपाली उद्योगहरुले चिनीमा ह्वातै मुल्य बृद्धि गर्नुले सरकार प्रति समेत शंका उत्पन्न भएको उनले बताए।
बजारमा चिनीको हाँहाँकार बनाएर भारतबाट चिनी आयत समेत रोक लागाएर दशै तिहारमा उपभोक्तालाई महङगोमा चिनी बिक्री गर्ने पक्षमा उद्योगी लागेका छन। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई बिक्रि गर्न रोक लगाउनुमा समेत संका उत्पन्न गरीएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महा प्रबन्धक कुमारराज भण्डारीले सरकारले चिनी बिक्रि वितरणमा मन्त्रालयमा रोक लगाएको बताए। उनले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले अर्काे निर्देशन नदिय सम्मका लागि चिनी बिक्रि वितरणमा रोक लागेको जानकारी दिए। साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीले नौ सय बोरा चिनी आयात गरीसकेको छ। विरगञ्जबाट चिनी आयत गरीयकाले ७ ओटै सहुलियत मुल्यका पसलहरुमा पठाएको छ।सरकारले आयात सबै बन्द गरेर एकातिर सस्तोमा किन्ने बाटो पनि बन्द गरिदिएको छ।