सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्व. गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन

२०७७ चैत्र २३, ०२:५१ रासस

मोरङ: स्व. गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ।

विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए। प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ। 

१७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ। विजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार र तेस्रोले जनही १०/१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए। क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो।

कमेन्ट लोड गर्नुस