सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सेवाबाट बिमुख दुर्गमका गाउँ

२०७५ असोज १६, ०६:०५

सरकारले आधारभुत स्वास्थ्य सेवा सबै नागरिकले पाउने व्यवस्था गरेको छ। तर बाजुराका धेरै दुर्गम गाँउका वासीन्दा सामान्य स्वास्थ्य सेवाबाट समेत बिमुख छन्। हिमाली गाँउपालिकाका अधिकाशं गाँउहरु स्वास्थ्य सेवाबाट बञ्चित रहेको गाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए। हिमाली गाँउपालिका १, २, ३ र ४ वडाका धेरै बस्तिहरु स्वास्थ्य सेवाबाट बञ्चित हुदै आएको स्थानियले वताएका छन्।

वडा नम्बर १ कोट गाँउ बाट स्वास्थ्य चौकी पुग्न एकदिन लाग्ने गरेको छ, बिरामी ल्याउन र लिन पनि समस्या हुने गरेकाले जडिबुटिको भर पर्नु परेको स्थानिय जैधन रोकायाले वताए। जैधनकी श्रीमतिलाई ज्वरो आएको १ हप्ता भइसकेको छ, स्वास्थ्य चौकी टाढा भएकाले घरमै उपचार भईरहेको छ। बाजुराको सर्वाधिक बिकटमा रहेको हिमाली गाँउपालिका ३ गुम्बा गाँउका बासिन्दा भने सधै जडिबुटिको भर पर्ने गरेका छन्। वडा नम्बर दुई बिच्छँयामा रहेको स्वास्थ्य चौकी पुग्न दुई दिन लाग्ने गरेको छ, जानआउन पनि समस्या भएकाले स्वास्थ्य सेवा बाट बञ्चित रहेको वडा सदस्य जगत लामाले वताए। सिटामोल जिवनजल लिनका लागि दुईतिन दिन खर्च गर्नुपर्ने हुन्छ त्यो भन्दा त जडिबुटिको भरमा उपचार गर्ने गरेको लामाले वताए। गुम्बा गाँउका २६ परिवारका २ सय जना बसोवास गर्ने गरेका छन्।

हिमाली गाँउपालिका ४ किउडी गाँउका ८० परिवार र बिच्छँया गाँउका ८५ परिवार पनि स्वास्थ्य चौकीबाट बिमुख रहेका छन्। रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले भनिन्, ति गाँउ बाट स्वास्थ्य चौकी पुग्न एक दिन भन्दा बढि समय लाग्ने भएकाले सामान्य स्वास्थ्य सेवा समेत नपाउने गरेका छन्। बर्षातमा त ति गाँउमा खोप सेवा बन्द हुने गरेको स्वास्थ्य चौकीले वताएको छ। भौगोलिक बिकटताले निकै टाढा भएकाले स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेका छौ, स्थानिय धनमति रोकायाले वताईन्। स्वास्थ्य चौकी टाढा भएकाले बच्चा समेत घरमै पाँउने गरेको उनले वताईन्। किउडी गाँउमा अहिले सम्म एकजना महिलाले पनि स्वास्थ्य संस्थामा बच्चा नपाएको उनले वताईन्।


धेरै अप्ठयारो भए मात्र स्वास्थ्य चौकी लग्ने गरेका छौ, नभए घरमै उपचार गर्ने गरेका छौ हिमाली गाँउपालिकाकी उपाअध्यक्ष चन्द्रकला बुढाले भनिन्। गाँउपालिका धेरै महिलाहरु स्वास्थ्य चौकी टाढा भएकाले घरमै बच्चा जन्माउने गरेका छन्, स्वास्थ्यकर्मी बिना सुडेनीले सुत्केरी गराउने गरेको बुढाले वताईन्। धेरै टाढा टाढा गाँउ भएकाले स्वास्थ्यको पहुँच पुयाउनमा निकै समस्या भएको हो। गाँउपालिकाले केही ठाँउमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरीरहेको उनले वताईन्।
यस्तै स्वामीकार्तिक गाँउपालिका जगन्नाथ गाँउपालिका, बुढिनन्दा नगरपालिकाका धेरै गाँउ स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेका छन्। 
फोटो क्यापसन : हिमाली गाँउपालिका ३ गुम्बाका बासिन्दा स्वास्थ्य चौकी टाढा भएकाले उपचार अभाबमा घरमै थला परेका छन्। फोटो : प्रकाश सिंह÷दिनेश खवर
कमेन्ट लोड गर्नुस