डडेल्धुराका एक युवकको हृदयघातबाट मृत्यु
धनगढी: डडेल्धुराका एक युवकको ह्रदयघातबाट मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–३ भुल्कुडा घर भइ डोटीमा कार्यरत २० वर्षीय दिनेश पाण्डेयको शुक्रबार मृत्यु भएको हो।
विगतमा पनि मुटुको समस्याबाट ग्रसित रहेका पाण्डेयलाई शुक्रबार हृदयघात भएको थियो।
त्यसपछि उपचारका लागि धनगढी ल्याइएका उनको उपचारका क्रममा शनिबार धनगढीस्थित अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
डडेल्धुरा घर भएपनि उनले डोटीमा अध्ययन गरेका थिए।