डडेल्धुरामा डोजरले फालेको काठले च्यापिएर एक बालिकाको मृत्यु
धनगढीः डडेल्धुरामा डोजरले सडकमा रहेको काठ हटाउने क्रममा चोट लाग्दा बालिकाको मृत्यु भएको छ।
जिल्लाको नवदुर्गा गाउँपालिका २ मा डोजरले सडकमा रहेको काठ हटाउने क्रममा चोट लाग्दा १३ वर्षीया बालिका रजन्ती दमाईको मृत्यु भएको प्रहरीले बताएको छ। डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाँस काटिरहेको अवस्थामा माथिबाट डोजरले फालेको काठले लागेपछि बालिकाको मृत्यु भएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।