सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलिताल ५ पूर्ण खोप वडा घोषणा

२०७७ चैत्र १४, ०३:२५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाको ५ नम्बर वडालाई पूर्ण खोप वडा घोषणा गरिएको छ। 

वडामा रहेका १६ देखि २३ महिनामुनिका ३४ बालबालिकालाई वडाका महिला स्वयंसेविकाको सहयोगमा अनमी र अहेबले घरघरमै पुगी पूर्ण खोप लगाएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए  

गाउँपालिका अध्यक्ष गुरुङ र प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले घोषणापत्र पढेर पूर्ण खोप घोषणा गरेका थिए। 

यसअघि गाउँपालिकाको वडा नम्बर ७ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको थियो। आलिताललाई चैतभित्र पूर्ण खोप घोषणा गरिने गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर क्षेत्रीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस