सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा कैलालीका १ सहित २ जना घाइते

२०७७ चैत्र १४, ०७:२४ खबर संवाददाता

धनगढीः डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा कैलालीका १ सहित  २ जना घाइते भएका छन्।

शुक्रबार जिल्लाको केआईसिंह गाउँपालिकाको रानागाउँमा लु ३ प २८५३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने चालक ३२ वर्षीय अशोक बिक र कैलालीको जोशीपुर गाउँपालिका– २ बस्ने सह चालक ३५ वर्षीय अंक्ष चौधरी रहेका छन्। 

डोटीमा उपचार सम्भव नभएपछि उनीहरुलाई धनगढी रेफर गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस