सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी हाफ म्याराथन चैत अन्तिम साता हुने

‘अब धनगढी दौडन्छ’

२०७७ चैत्र १४, ०६:३७ खबर संवाददाता

धनगढीः हरेक बर्ष धनगढी जेसिजले आयोजना गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथन २०२१  चैत अन्तिम साता हुने भएको छ। 

गत वर्ष कोरोना भाईरसका कारण हुन नसकेको प्रतियोगिता यस बर्ष चैत २८ गते हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। 

धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले म्याराथनको तयारी तीव्र पारिएको जनाए। उनका अनुसार धनगढी जेसिजले कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरिएको छ। 

म्याराथनको खुला दौड अन्तरगत प्रथमलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितियलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतिय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार राखिएको संयोजक ओझाले जानाकारी दिए। 

उनका अनुसार कर्पोरेट मिडिया तर्फको दौडमा प्रथमलाई ५ हजार ५ सय ५५ रुपैयाँ, द्वितियलाई  ३ हजार ३ सय ३३ रुपैयाँ र तृतियलाई २ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार राखिएको छ। 

कर्पोरेट महिला तर्फ प्रथमलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतियलाई ५ हजार रुपैयाँ पुरस्कार राखिएको मुल आयोजक समितिका संयोजक ओझाले बताए।

ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने छ। प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ।  
 

कमेन्ट लोड गर्नुस