सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मेयर, उपमेयर कप फुटवलः वडा नम्बर ४, १२, १४, १६ र १९ विजयी

२०७७ चैत्र १२, ०९:०६ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर, उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर वडा नम्बर ४, १२, १४, १६ र १९ विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत भएका पाँच खेलमा उनीहरु विजयी भएका हुन्। 

जुगेडास्थित मनकामना युवा क्लबको खेल मैदानमा भएको महिलातर्फको पहिलो खेलमा वडा नम्बर १६ विजयी भयो। जसमा वडा नम्बर १६ ले  वडा नम्बर १५ लाई १–० ले हरायो। दोस्रो खेलमा महिलातर्फ नै वडा नम्बर १९ ले वडा नम्बर ७ लाई ७–० ले पाखा लगायो।

तेस्रो पुरुषतर्फको खेलमा वडा नम्बर १२ ले वडा नम्बर २ लाई ५–० ले पराजित गरेको छ। चौथो खेलमा महिलातर्फ वडा नम्बर १४ ले वडा नम्बर ४ लाई ५–० ले किनारा लगायो। पाचौ खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई ३–२ ले हरायो।
प्रतियोगिता अन्तर्गत शुक्रबार पुरुषतर्फको चार वटा र महिलातर्फको एक खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस