सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १ हजार २ सय ८२ जना क्षयरोगका विरामी

२०७७ चैत्र १२, ०९:०५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ८२ जना क्षयरोगका विरामी रहेको पाइएको छ ।

चालू आर्थिक वर्षको साउन महिनादेखि पुषसम्म प्रदेशमा क्षयरोगका १ हजार २ सय ८२ जना बिरामी रहेका पाइएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार सबैभन्दा बढी कैलालीमा ५०१ जना क्षयरोगका बिरामी रहेका छन् भने दार्चुलामा सबैभन्दा कम २५ जना क्षयरोगका बिरामी रहेका छन् ।

यसैगरी कञ्चनपुरमा ३ सय ४९, डोटीमा ८२ र बझाङ्गमा ७५, बैतडीमा ७४, अछाममा ६४, डडेल्धुरामा ६० र बाजुरा ५२ जना क्षयरोगका बिरामीहरु रहेको बताइएको छ । जसमा महिलाको संख्या पुरुषभन्दा बढी छ । महिला ३ सय ९९ र पुरुष ७७ जना छन् ।

त्यस्तै क्षयरोगका बिरामीहरुको मृत्युदर ५ प्रतिशत रहेको जनाइएको छ । बुधबार सुदूरपश्चिम प्रदेशमा पनि ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ ।

कमेन्ट लोड गर्नुस