सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीमा स्वास्थ्य शिविरबाट ५ सय जना लाभान्वित

२०७७ चैत्र १२, ०५:५५ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट ५ सय जना लाभान्वित भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको गाउँघर चिकित्सक कार्यक्रम अन्तर्गत बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त दुई दिने शिविरबाट ५ सय जना लाभान्वित भएका बताइएको छ । 

गाउँपालिकासंगको समन्वयमा महाकाली अस्पतालले त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको जनाइएको छ । 

शिविरमा महाकाली अस्पतालका एमडिजिपी चिकित्सक, स्त्री तथा प्रसूति रोग विशेषज्ञ र दन्त चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । 

कमेन्ट लोड गर्नुस