सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियाबाट फर्किएका युवाहरूले धनगढीमा सञ्चालनमा ल्याए सहकारी

२०७७ चैत्र ११, ०९:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमबाट कोरियामा काम गर्न गएका युवाहरू र कोरियाबाट स्वदेश फर्किएका युवाहरूले धनगढीमा सहकारी सञ्चालनमा ल्याएका छन्।

कोरियामा सिकेको सीप र कमाएको धनलाई स्वदेशमै लगानी गर्ने उद्देश्यसहित युवाहरूले धनगढीमा 'परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड' सञ्चालनमा ल्याएका हुन्। बुधबार एक कार्यक्रमको आयोजना गरि सहकारीको उद्घाटन गरिएको छ।

कोरियामा सिकेको सीप र कमाएको धनलाई स्वदेशमै सदुपयोग गर्ने लक्ष्यसहित युवाहरूले सहकारी खोलेको सहकारीका अध्यक्ष धर्मराज जोशीले बताए।

पहिलो चरणमा कोरियामा काम गरेका २ हजार युवालाई १ लाख रकमका दरले शेयर दिएर २० करोड रकम निक्षेप गर्ने सहकारीको योजना रहेको छ। सञ्चित रकमबाट कोरियाबाट फर्केका युवालाई सहुलियतमा ऋण प्रदान गरि युवाहरूले उत्पादन गरेको वस्तुलाई सहकारीले नै खरिद गरी बजारसम्म पुऱ्याउने र उनिहरुलाई व्यवसायमा सहजिकरण गर्ने सहकारीको योजना रहेको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि रूपमा सुदूरपश्चिम प्रदेशको कृषि, व्यवस्था तथा सहकारी मन्त्रालयका रजिस्ट्रार गोकुल बोहरा उपस्थित रहेका थिए।

कार्यक्रमको विशिष्ट अतिथि उद्योग वाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु र कैलाली सहकारीका पुर्व अध्यक्ष रहेका थिए। 

उद्घाटन कार्यक्रममा विभिन्न सहकारीका संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस