नेपालमा थप १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ६३ जनाको पीसीआर गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९८ दशमलव ५ प्रतिशत रहेको छ।