सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षयरोग नियन्त्रणमा सहयोग गरेको भन्दै डा. कायस्थ र जोशीलाई सम्मान

२०७७ चैत्र ११, ०५:५९ खबर संवाददाता

धनगढी: विश्व क्षयरोग दिवसको अवसरमा दुईजना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा क्षयरोग अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले प्राध्यापक डा. सुभेषराज कायस्थ र स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ठ निरीक्षक देव जोशीलाई सम्मान गरेको हो।

सरकारको क्षयरोग अन्त्यको रणनीतिमा सहयोग पुर्याएकाले केन्द्रले उनीहरुलाई सम्मान गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए। 

विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस