दार्चुलाको मालिकार्जुनमा पशु स्वास्थ्य शिविर
२०७७ चैत्र ११, ०६:०६
धनगढी: दार्चुलाको मालिकार्जुनमा गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शिविर सञ्चालन गरिएको हो ।
विज्ञ केन्द्रले किसानहरुलाई गाई भैँसी, बाख्रालगायतका पशुहरुलाई निशुल्क औषधी वितरण गरेको बताइएको छ ।
शिविरबाट दुवै वडाका १ सय २ घरधुरी लाभान्वित भएका छन् ।
कमेन्ट लोड गर्नुस