सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले कुटे विद्यार्थी

२०७७ चैत्र १०, ०६:५० खबर संवाददाता

अछाम: अछाममा गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले कुट्दा एक विद्यार्थी घाइते भएका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–११ देबिस्थानको हंसबाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। 

उक्त घटना चैत ३ गतेको भए पनि मंगलबार सार्वजनिक भएको छ। गणित विषयको गृहकार्य नगरेको भन्दै खड्काले कुटपिट गरेको पीडितले बताएका छन्। 

प्रअ खड्काले गृहकार्य नगरेपछि कुटेको स्वीकार गरे। उनले विद्यार्थी उच्छृङ्खल भएको र गृहकार्य नगरेकाले कुटेको बताए। 

उनले अभिभावक र विद्यार्थीको दबाबमा प्रअबाट राजीनामा दिएको तर स्वीकृत नभएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस