सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७७ चैत्र १०, ०८:१६ खबर संवाददाता

धनगढीः कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ख८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। 

अहिले मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजगमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरु लम्कीमा रोकिएका छन्। 

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस