सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको "चिया कफी घर"मा मट्का चियाको स्वाद

२०७७ चैत्र ९, ०७:४२ खबर संवाददाता

धनगढी : धनगढीको मालपोत रोडमा "चिया कफी घर"ले मट्का चियाको स्वाद दिन सुरु गरेको छ।

सोमबारदेखि सुरु भएको चिया कफी घरले नास्ताका परिकारसंगै मट्का चियाको सेवा दिन सुरु गरेको सञ्चालक खेमराज जोशीले बताए। 

उनले सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पताल, मालपोत तथा नापी कार्यालय, दुरसञ्चार कार्यालय र  कैलाली उद्योग वाणिज्य संघलाई लक्षित गर्दै सफा–सुग्घर चिया घर सञ्चालन गरेको बताए। उनकै घरमा रहेको चिया घरमा १० लाख खर्च भएको दाबी गरिएको छ। 

कमेन्ट लोड गर्नुस